२५.४६ अंकले घट्यो नेप्से, २७ सयमा ओर्लियो

आइतबार, २३ भाद्र २०८१

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २५।४६ अंकले घटेको छ । नेप्से शून्य दशमलव ९३ प्रतिशतले घटेर २७०१।९० विन्दुमा ओर्लिएको छ । गत बुधबारयता नेप्से दैनिक घट्दै आएको छ ।

गत बुधबार ९०।७३ अंकले घटेको थियो भने बिहीबार १२।१० अंकले घटेको थियो । आज कुल ८५ कम्पनीको मूल्य बढ्यो । १५७ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर किनबेच भए । आज १ लाख १२ हजार ३ सय पटकको सेयर किनबेचबाट १ अर्ब १२ करोड २४ लाख रुपैयाँको काराबार भएको छ । कुल १३ उपसमूहमध्ये ३ वटा मात्रै बढ्यो । १० वटा उपसमूहहरु घट्यो । बढ्ने उपसमूहहरुमा उत्पादन तथा प्रशोधन, लघवित्त र म्युचअल फन्ड रह्यो । लघुवित्त ६३।१० र उत्पादन तथा प्रशोधन ३६।३६ अंकले बढेको छ ।

घट्ने उपसमूहहरुमा जिवन बिमा, निर्जीवन बिमा, होटल तथा पर्यटन, विकास बैंक अघि रहे । जिवन बिमा १९३।४४ र निर्जीवन बिमा १७६।९१ अंकले घटेको छ ।माहुली लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था र मध्य सोलु हाइड्रोपावर लिमिटेडको मूल्य १० प्रतिशतले घट्यो ।