अनामनगरको धोविखोला पुलबाट ट्याक्सी खस्यो

आइतबार, ३० भाद्र २०८१

काठमाडौं – अनामनगरको धोबिखोला पुलबाट एउटा ट्याक्सी खसेको छ । भाटभटेनीबाट चावहिल तिर जाँदैन गरेको ट्याक्सी मदन भण्डारी कलेज नजिकैको पुलबाट खसेको हो ।

देवीनगर, मदन भण्डारी कलेज अगाडिको पुलबाट एउटा ट्याक्सी धोबीखोलामा खसेको प्रहरीको भनाई छ । ठूलो बाढीले ट्याक्सीलाई बगाएको वेपत्ता बनाएको छ ।

ट्याक्सको खोजीकार्य जारी रहेको प्रहरीको भनाई छ । बाढी ठूलो आएकाले, किनाराका स्थानीयहरुलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको छ ।

ट्याक्सीबारे पुरा विवरण आएको छैन ।