स्पष्टिकरण सोधेको भोलीपल्ट कुलमाले पठाए यस्तो पत्र
काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको भोलिपल्टै प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका उद्योगलाई पत्र पठाएको छ ।
प्राधिकरणले बक्यौता रकम बुझाउन चेतावनी दिदै ४९ उद्योगलाई कात्तिक ८ गतेभित्र रकम नबुझाए भनेको छ । बिहीबार सूचना जारी गरी प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरूलाई पुनः भनेको हो।
प्राधिकरणले जारी गरेको सूचनामा बक्यौता महसुल नबुझाएका उद्योगको नाम र उनीहरूले गणना सिटअनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकमसमेत सार्वजनिक गरेको छ।
पछिल्लो समय सीमाभित्र बक्यौता नतिर्ने उद्योगलाई कानुनी प्रक्रियामा लैजाने चेतावनी दिएको छ ।


