सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको यात्रुवाहक बसमा आगलागी
काठमाडौँ – ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार शनिबार अपराह्न ४:४५ बजे ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोकनजिक रोकिरहेको बसमा आगलागी भएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार बसको अचानक तार सर्ट भई आगो लागेको पौडेलले बताए।
चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बस सातदोबाटो बाट ग्वार्कोतर्फ जाँदै गरेको थियो। बसमा आगलागी हुनसाथ ललितपुतर महानगरपालिकाको २ वटा दमकल झिकाएर आगो नियन्त्रणमा लिइएको पौडेलले बताए।बसमा आगलागी हुँदा मानवीय क्षति भने भएको छैन तर बस पूर्णरुपमा जलेको छ।