रविलाई छुटाउन पोखरा पुगेका नेता कार्यकर्ताको हर्कतले रास्वपा आजित

बिहिबार, ८ कार्तिक २०८१

काठमाडौँ – सहकारी ठगि प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छुटाउन पोखरा पुगेका नेता कार्यकर्ताको हर्कतले रास्वपा आतिज बनेको छ।

लामिछानेको रिहाइको आन्दोलनका लागि पोखरा पुगेका नेता तथा कार्यकर्ताले आन्दोलनमा भन्दा फोटो सेसन, घुमघाम र सांसदहरूले एकअर्काबीच चुम्माचुम्बी गर्न थालेपछि रास्वपा आजित भएको हो।

लामिछाने पक्राउ परेसँगै रास्वपाले देशभरका कार्यकर्तालाई पोखरा झिकाएको थियो। शनिबारदेखि नै उनीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्। रविलाई अदालतमा पेस गर्ने भएपछि रास्वपा झनै जोडका साथ आन्दोलन गर्ने तयारीमा छ।

लामिछानेलाई पनि सहकारीको रकम अपचलन भएका पोखरासहित बुटवल, चितवन र काठमाडौंमा समेत अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।

सहकारीको रकम अपचलनबारे छानविन गर्न बनेको संसदीय विशेष छानविन समितिले सहकारीको रकम गोर्खा मिडियामा ल्याउनमा प्रत्यक्ष भूमिका नदेखिएको तर सो रकमको सञ्चालनमा अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो। तर, अदालतले भने सहकारी ठगीमै अनुसन्धानका लागि भन्दै पक्राउ पुर्जी जारी गरेको थियो।