रवि लामिछानेका समर्थकले कुटे सादा पोसाकका प्रहरी
काठमाडौँ – पोखरामा रास्वपाका सभापति रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनका क्रममा एक जना प्रहरीमाथि हातपात भएको छ ।
मंगलबार दिउँसो पोखरास्थित वाई चोकमा सादा पोसाकमा खटिएका प्रहरीमाथि रास्वपाका कार्यकर्ताहरूले हातपात गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
निषेधित क्षेत्र नजिक भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले उनीमाथि कुटपिट भएसँगै त्यहीँ खटिएका सहकर्मी प्रहरीले उद्धार गरेका थिए । उनीमाथि मुक्का प्रहार हुन थालेपछि प्रहरीले उद्धार गरेको जनाइएको छ ।
रास्वपाका सभापति रवि लामिछानेको आज म्याद थपबारे निर्णय हुने भएपछि बिहानैदेखि समर्थकहरूले पोखरामा प्रदर्शन गरेका छन् । लामिछाने कात्तिक २ मा सहकारी ठगीबारेको अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ परेका थिए ।