अमेरिकामा भविष्य नभएको भन्दै एलन मस्ककी छोरीले देश छोड्दै
काठमाडौं – टेक अर्बपति एलोन मस्ककी छोरीले अमेरिका छोड्ने भएकी छन् । बाबुले समर्थन गरेका उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव जितेपछि अमेरिकामा भविश्य नभएको भन्दै देश छोड्ने भएकी हुन् ।
मस्ककी ट्रान्स छोरी भिभियन जेना विल्सनले अमेरिकी राष्ट्रपति चुनावको नतिजा आएपछि सामाजिक सञ्जाल साइट थ्रेड्समा एक पोस्ट सेयर गर्दै देश छोड्ने घोषणाा गरेकी हुन् । “मैले केहि समयको लागि यो सोचें, तर यो हिजो पुष्टि भयो,” जेनाले पोस्टमा भनिन् ‘म अमेरिकामा मेरो भविष्य देख्दिन।’
जेनाले थप भनिन्, ‘उनी (ट्रम्प) चार वर्षसम्म पदमा रहे पनि एन्टी–ट्रान्स नियमहरू लागू नहुन सक्छ । तर यसका लागि स्वेच्छाले मतदान गर्ने जनता छिट्टै परिवर्तन हुने छैनन् । एलन मस्ककी ट्रान्स छोरी आफ्नो बुबाबाट टाढा बस्छिन्। लिंग परिवर्तनको शल्यक्रियापछि दुवैको सम्बन्धमा धेरै दरार आएको थियो । अवस्था यस्तो छ कि दुबै एक अर्कासँग बोल्न पनि चाहँदैनन् । जेना विल्सनले पनि धेरै अन्तर्वार्तामा आफ्ना बुबामाथि विभिन्न आरोप लगाएकी छिन् ।
जेना विल्सनको जन्म २००४ मा भएको थियो। जेनाको नाम जेभियर अलेक्जेन्डर मस्क थियो। एलन मस्कले सन् २००० मा उनकी आमासँग विवाह गरेका थिए उनीहरूको सन् २००८ मा सम्बन्धविच्छेद भएको थियो । जेन्ना हुर्किएपछि उनलाई एलजीबीटीक्युबारे आफ्नो बुबा एलोन मस्कको विचारसँग समस्या हुन थाल्यो।
२०१६ मा जेना विल्सनले पहिलो पटक आफ्नी काकीलाई सन्देश पठाइन् र उनी ट्रान्स भएको बताइन् । उनले यो कुरा आफ्ना पितालाई भनेकी थिइनन् । उनले आफ्नो नाम जेन्ना राखेकी थिइन् । २०२२ मा जेना विल्सनले आफ्नो लिंग परिवर्तन गरेपछि सार्वजनिक रूपमा घोषणा गरेकी थिइन् ।
उनले अब आफू आफ्नो जैविक बुवासँग कुनै पनि हिसाबले नबस्ने र उनीसँग कुनै सम्बन्ध राख्न नचाहेको बताइन् । सन् २०२२ मा नै उनले सान्ता मोनिकाको लस एन्जलस काउन्टी सुपीरियर कोर्टमा नाम परिवर्तन र आफ्नो नयाँ पहिचान देखाउने नयाँ जन्म प्रमाणपत्रका लागि निवेदन दिएकी थिइन् ।
त्यतिबेला मिडिया रिपोर्टमा प्रकाशित अदालती कागजातमा एलन मस्कका १८ वर्षीय छोरा जेभियर अलेक्ज्याण्डर मस्कले आफ्नो लिङ्ग परिवर्तन गरेको बताइएको थियो । उनी पुरुषबाट महिलामा परिणत भएका छन् । उनले आफ्नो लैङ्गिक पहिचानलाई महिलामा परिवर्तन गरी नयाँ नाम दर्ता गर्न आवेदन दिएकी छिन् । त्यसपछि उनको नाम जताततै परिवर्तन भएको छ ।