बावुराम जिल्लाराम, लाग्यो ठुलो झड्का
काठमाडौं – नयाँ शक्ति पार्टी नेपाललाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाएपछि तत्कालीन नयाँ शक्तिका नेताहरुले पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्ने भएका छन् ।
पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायतका नयाँ शक्ति पार्टीका नेताहरुले बावुरम भट्टराइको साथ छोड्ने तयारी गरेको बुझिएको छ ।
प्राप्त जानकारी अनुसार नेकपाले बुधबार अपराह्न नै प्रचण्डको उपस्थितिमा ‘विशेष कार्यक्रम’ राखेको छ । सोही कार्यक्रममा पूर्वसभासद धमलासहितका नयाँ शक्तिका नेताहरुलाई स्वागत गर्ने तयारी छ । त्यसलाई स्वीकार गर्दै नेकपाका एक नेता भन्छन्, ‘साथीहरुसँग कुराकानी भइरहेको छ । एउटा सहमति गरेर स्वागत गर्छौं ।’