भृकुटीमण्डपमा नेकपाको जनसभा, विप्लवले सम्बोधन गर्ने

शनिबार, ८ मंसिर २०८१

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीले ११ औं पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा भव्य जनसभा गर्ने भएको छ । दिउसो १ बजेदेखि सुरु हुने सभालाई पार्टीका महासचिव विप्लव सीलगायत विभिन्न पार्टीका नेताहरूले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

सभा हुनुअघि मध्याह्न १२ बजेबाट काठमाडौँको सुन्धारा, शान्तिबाटीका, बागबजार, पुतलीसडक लगायतका ठाउँहरुबाट र्याली निकाली भृकुटीमण्डपमा पुग्ने र दिउँसो १ बजेबाट जनसभा गर्ने भएको छ ।

पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा हिजो साँझ दिपावली गरिएको थियो ।

सभामा काठमाडौँ उपत्यकामा रहेको नेता कार्यकर्तासहित जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ ।