गुगलको भरपर्दा तीन जनाको ज्यान गयो

आइतबार, ९ मंसिर २०८१

काठमाडौँ – गुगल म्यापको भरपर्दा तीन जनाको ज्यान गएको छ । शनिबार राती भारतको उत्तर प्रदेशस्थित रामगंगा नदीमाथिको अधुरो पुललाई गुगलले हाइवे देखाउँदा ट्याक्सीमा सवार तीन जनाको ज्यान गएको हो ।

रामगंगा नदीमा फरिदपुर र बदायुं जोड्ने फराकिलो नदिमाथिको पुल अधुरो छ । पारी भएको सडक पुल पुरै बनिनसकेकोले जोडिएको छैन । तर, गुगल म्यापलाई यो कुरा के थाहा ! गुगलले त्यही पुलको बाटो देखायो ।

गुगलको निर्देशन मान्दै चालकले अधुरो पुललाई पनि ‘हाइवे’ ठानेर आफ्नो गन्तव्यतिर गाडी हुइकाउँदा तीव्र गतिमा रहेको कारले २५ फिट तल रामगंगा नदीमा खसेको भारतीय संचाल माध्ययमले जनाएका छन् ।

स्थानीय बासिन्दाका अनुसार यो पुल यति लामो समयदेखि अधुरो छ कि अब यसको नाम ‘जोकर पुल’ राख्न सकिने सुझाव आउन थालेको छ ।