संसदमा पर्याप्त खुल्ला छलफल गरेर मात्रै बिआरआईमा हस्ताक्षर गर्नुपर्छ: डा.शेखर कोइराला

शुक्रबार, १४ मंसिर २०८१

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.  शेखर कोइरालाले बिआरआईका बिषयमा संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।

कोइरालाले बिआरआईका बिषयमा कांग्रेस(एमालेले तयार गरेको दस्तावेजलाई गहन छलफल गरेर यदि ठिक छ भने चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्ने बताए ।

बिराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै कोइरालाले बिआरआई जस्तो संवेदनशील बिषयलाई सडकमा ल्याएर उराल्ने काम भएको बताएका छन् ।

बिआरआईका बिषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको, उनिहरुले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाले बताए ।