गिरीबन्धु टी इस्टेट अगाडि बम राख्ने दुई जना पक्राउ
काठमाडौँ – नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
घटना गराएको करिव अढाई महिनापछि उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नं. ६ शिवालय टोल बस्ने २० वर्षीय धिरज माझी रहेका छन् ।
बुधवार राजकुमारलाई उर्लाबारी नगरपालिका वडा नं. ७ उर्लाबारी चोकबाट पक्राउ गरिएको हो भने सोही दिन धिरज पथरीशनिश्चरे नगरपालिका वडा नं. १ जातेरोड चोकबाट पक्राउ परेका हुन् ।
घटनापश्चात् फरार रहेका उनीहरुलाई सुक्ष्म रुपमा अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताएका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले जिल्ला अदालतबाट विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको चन्दले जानकारी दिएका हुन् ।