एक हप्ताअघि मात्र बिहे गरेकी सामजिक अभियानता गिभिनामाथि ठूलो बज्रपात

शनिबार, १५ मंसिर २०८१

काठमाडौँ – एक साताअघि मात्र विवाह बन्धनमा बाँधिएकी अभियन्ता गिभिना मगरलाई अकल्पनीय बज्रपात परेको छ । उनले २४ घण्टाको अन्तरालमा आमा र भाइलाई गुमाएकी छन् ।

गिभिनाकी आमाको शुक्रबार सवारी दुर्घटनामा मृत्यु भएको थियो । लगत्तै शनिबार भाइले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–२५ म्याम्दीमा ग २ ख १४६० नम्बर ट्रकले जेब्रा क्रसिङमा ठक्कर दिँदा गिभिनाकी आमा ५५ वर्षीया धनकुमारी बुढाको मृत्युु भएको थियो । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा धनकुमारीलाई पोखराको मणिपाल अस्पताल पुर्याइएको थियो ।

सोही घटना घटेको २४ घण्टा नपुग्दै भाइ घरभित्रै मृत भेटिएका हुन् ।