डेपुटी गभर्नर मिश्रमाथि यौन दुर्व्यवहारको आरोप

शनिबार, १५ मंसिर २०८१

काठमाडौँ – नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने लाइनमा रहेका डेपुटी गभर्नर बमबहादुर मिश्रमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ।  बैंकको गभर्नर बन्नबाट रोक्नका लागि उनकै सहकर्मीले उनीमाथि यौन दुव्र्यवहारको आरोप लगाउँदै राष्ट्रिय महिला आयोगमा उजुरी दिएका छन् ।

आयोगले डेपुटी गभर्नर मिश्रसँगै पूर्व कार्यकारी निर्देशक देवकुमार ढकाल दोषी देखिएको प्रतिवेदन तयार पारेको छ ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत तेस्रो सातामा सकिँदै छ । त्यहाँ जान ठिक्क परेका एकजना सुशील भट्ट पनि हुन्, जो यसअघि लगानी बोर्डमा थिए । अहिलेदेखि नै त्यहाँ जान प्रतिस्पर्धा शुरु भइसकेको र यो खेलोको मेलो मिलाउने पनि  डेपुटी गभर्नर नै हुन् ।

आफ्नै सहकर्मी बमबहादुर मिश्रलाई खुइल्याएर पहिलो महिला गभर्नर बन्ने खेलोमेलोमा निलम ढुंगाना लागेको भन्ने राष्ट्र बैंकको तल्लोदेखि उपल्लो तहसम्म चर्चा छ ।

प्रशासकीय अदालतबाट महिला दुव्र्यवहारको मुद्दामा बर्खास्तीमा परेका थानेश्वर आचार्यले सफाइ पाएकै दिन निलम डेपुटी गभर्नर मिश्र र हालै अनिवार्य अवकाशप्राप्त देवकुमार ढकालको विषयमा पुनः उजुर गर्न लगाएर गत महिना दक्षिणी छिमेकी मुलुकको दक्षिणतिर लागेकी थिइन् ।

गत पुस २७ गते राष्ट्र बैंकले नगरकोटमा तनाव व्यवस्थापनसम्बन्धी आवासीय कार्यक्रम गरेको थियो । जहाँ बैंकका निर्देशक आचार्यमाथि डेपुटी गभर्नरलाई दुव्र्यवहार गरेको आरोप लाग्यो । सोपछि उनलाई जिम्मेवारीबाट हटाइएकोमा चैत्र ५ गते राष्ट्र बैंकले बर्खास्त गरेपछि उनी न्याय खोज्दै प्रशासकीय अदालत पुगे । सोही अदालतले बैंक सञ्चालक समितिको निर्णय बदर गरिदिएको हो ।