पेट्रोल र हवाई इन्धनको मूल्य ह्वात्तै बढ्यो

आइतबार, १६ मंसिर २०८१

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो।

निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ, हवाई इन्धनतर्फ आन्तरिकतर्फ २ सय रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि गरिएको छ।

एलपि ग्यासको मूल्य बढेर आएतापनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ।