एमालेका अर्का नेताको ‘यौन काण्ड’ सार्वजनिक

आइतबार, १६ मंसिर २०८१

झापा – नेकपा एमालेका अर्का नेताको यौन काण्ड सार्वजनिक सामाजिक भएको छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुका सिन्धुली जिल्ला अध्यक्ष प्रशान्त लुङ्गेलीले आफ्नौ संगठनका नेतामाथि यौन दुव्यर्वहार गरेको काण्ड सार्वजनिक भएको छ ।

अनेरास्ववियुको महिला विभागकी केन्द्रीय सदस्य झापाकी नेतृलाई उनले सामाजि सञ्जालमार्फत यौन दुव्र्यवहार गरेका हुन् । प्रशान्तले फेसबुकमा यौनजन्य अपशब्द प्रयोग गर्दै यौन हिंसा गरेका हुन् । ‘फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । मैले अनेरास्ववियुकै देखेपछि एउटै परिवारको हो भनेर स्वीकार गरेँ । दादा भनेर बोल्दा बुढो भन् भनेर प्रशान्तले भने,’ ती नेतृ भन्छिन्, ‘म विवाहित हुँ भनेपछि बुढाबुढीको फोटो मागे । मैले इन्कार गरेपछि यौन हिंसा हुने र भन्न नसकिने अपशब्द प्रयोग गरे ।’ उनलाई प्रशान्तले यो म्यासेज २३ कात्तिकमा पठाएका हुन् ।

उक्त म्यासेजका बारेमा ती नेतृले अनेरास्ववियुको केन्द्रीय किमिटी, महिला विभाग र बागमती प्रदेश कमिटीलाई पनि जानकारी गराइन् । तर, संगठनभित्रबाट न्याय नपाएको उनको गुनासो छ । आफूले घटनकाबारे संठनका केन्द्रीय अध्यक्ष समिक बडाल, महिला विभाग प्रमुख भवानी बजगाईं, उपप्रमुख तथा झापाबाट नेतृत्व गर्ने प्रियंका भण्डारी, झापाबाट नेतृत्व गर्ने अनेरास्ववियु सचिव मनोज ताम्लीलाई जानकारी गराउँदा पनि उल्टै पीडक लुङ्गेलीलाई बचाउने प्रयास गरेको ती नेतृको आरोप छ ।

‘महिलामाथि भएको यस्तो गम्भीर घटनामा सबैले बेवास्ता गरे । मैले अलिक कडा कुरा राखेपछि मलाई २६ कात्तिकमा काठमाडौं बोलाइयो,’ उनी भन्छिन्, ‘भेटमा भवानी बजगाईले सुरुमा राम्रै कुरा गर्नुभयो । केन्द्रीय अध्यक्ष समिक बडालले पनि सहयोग नै गर्छु भन्नुभयो । मैले मलाई दुव्र्यवहार गर्नेको घरमै गएर बुवाआमासहित कुरा सुनौँ भनेको थिएँ । तर, त्यहाँबाट निस्किएपछि अध्यक्ष बडालले भवानी बजगाईंलाई फोन गरेर घर मा बस्ने मानेन त्यो बहिनीलाई फकाउनु भन्नुभयो ।’ संगठनका केन्द्रीय नेताले लुङ्गेलीलाई माफी मगाएर केही महिना महिना गुपचुपमा निलम्वन गर्न प्रस्तावसमेत गरेको बताइन् । तर, त्यसमा आफू सहमत नभएको उनको भनाइ छ ।

केन्द्रीय अनुशासान आयोगलाई जानकारी गराउँदा पनि बेवास्ता गरेको उनको आरोप छ । यस्तै, झापाबाट अनेरास्ववियुको केन्द्रीय पदाधिकारीमा प्रतिनिधित्व गर्ने मनोज ताम्लीले पनि बिरामी भएको बहानामा उम्कन खोजेको उनको भनाइ छ । ‘मनोज ताम्ली दाइले बिरामी थिएँ । सबै भवानी बजगाईलाई जिम्मा दिएको छ भन्नु भयो,’ उनले भनिन् । अनेरास्ववियु बागमती अध्यक्ष लालबहादुर बुढाथोकीले पनि असहयोग गरेको उनको भनाइ छ ।

महिला विभाग प्रमुख बजगाईले सुरुमा सहयोग गर्ने आश्वासन दिए पनि पछि व्यस्तता देखाउँदै उम्किन खोजेको र उल्टै डर देखाउने काम गरेको उनको आरोप छ । पछिल्लो समय लुङ्गेलीलाई राजीनामा गराएर उन्मुक्ति दिन खोजेको उनले बताइन् । ‘अनेरास्ववियु जस्तो सशक्त संगठनमा पनि न्याय खोज्दा न्याय पाइएन । बरू उल्टै पीडकलाई संरक्षण गरियो,’ उनले भने, ‘महिलालाई सधैँ दबाउनुपर्छ भन्ने मानसिकताको उपज हो । महिला नेतृत्व चाहिँ दबिएरै बस्ने हो त रु संगठनभित्रबाट न्याय नपाएपछि मिडियासामु आएको हुँ । मजस्ता अरू दिदी बहिनी पीडित हुन नपरोस् भनेर म अघि बढेको छु । संगठनका नेताले उसलाई नराम्रो मान्छे हैन भन्दै हिँडेका छन् ।’ उनले लुङ्गेलीविरुद्ध नेपाल प्रहरीको साबइबर ब्यूरोमा उजुरी दिएको बताइन् ।