संस्थागत क्षमता स्वमूल्यांकनमा काठमाडौं महानगर हालसम्मकै उत्कृष्ट
काठमाडौं – काठमाडौं महानगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा हालसम्मकै उत्कृष्ट अंक प्राप्त गरेको छ ।
आइतबार काठमाडौं नगरसभाको १६ औं अधिवेशनमा उपमेयर सुनिता डंगोलले महानगरपालिकाले ८२. ७५ अंक प्राप्त गरेको र जुन हालसम्मकै उच्च अंक रहेको जानकारी गराएकी हुन् ।
उनले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२. ७५ अंक प्राप्त गरेको छबताइन् ।
यो अंक काठमाडौं महानगरपालिकाको हालसम्मकै उच्च अंक हो । यो सफलता हासिल गर्न योगदान गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।’
त्यस्तै मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा बजेट संशोधन,आर्थिक विधेयक, विनियोजन संशोधन विधेयक २०८१, नगरसभा सम्बन्धि कार्यविधि ऐन २०७५ दफा १६ बमोजिम स्वीकृत भएको घोषणा गरेका थिए ।