मोटरसाइकल किन्न ९ दिनको छोरो बेच्ने दम्पती

बिहिबार, १८ पौस २०८१

काठमाडौँ – भारतको ओडिसा राज्यको बालासोर जिल्लामा एउटा अनौठो घटना प्रकाशमा आएको छ । एक दम्पतीले मोटरसाइकल किन्नका लागि आफ्नो ९ दिनको छोरो बेचेको पाइएको हो ।

उनीहरूले ६० हजार भारुमा छोरो बेचेको प्रहरीले जनाएको छ । सो दम्पतीले भने छोरा बेचेको आरोप अस्वीकार गरेको छ ।

उनीहरूले गरिबीका कारण बच्चालाई पालनपोषण गर्न नसक्ने भएपछि निःसन्तान दम्पतीलाई आफ्नो छोरा दान दिएको बताएका छन् । गोप्य सूचनाका आधारमा कारबाही गर्दै प्रहरी र बाल कल्याण समितिको संयुक्त टिमले शनिबार शिशुको उद्धार गरेको छ ।

प्रहरीले भने बच्चा किनबेच भएको गोप्य सूचना अनुसार कारबाही अघि बढाइएको दाबी गरेको छ । प्रहरीले दुवै परिवारलाई बोलाएर यसबारे अनुसन्धान थालेको छ ।