निकिताले रविलाई इजलासमा लगाइदिएको टीका फापेन
काठमाडौं – निकिता पौडेलले थुनछेक बहसकै क्रममा काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर रवि लामिछानेलाई टीका लगाइदिइन् । उनले माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको अबसरमा रातो टीका लगाउँदै श्रीमानको रिहाईको कामना गरेकी थिइन् । तर उनको कामना दुई घण्टा पनि टिक्न सकेन ।
रविलाई अदालतले थप दुई दिनका लागि न्यायिक हिरासतमा पठाइदिएको छ । थुनछेक बहसको क्रममा रवि पत्नी निकिताले रवि लामिछानेलाई तिहाइको कामना गर्दै लगाइदिएको टिकाले सुभ संकेत नगरेको चर्चा हुन् थालेको छ । काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिएकी थिइन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लामिछानेको थुनछेक बहस जारी छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा समय उपलब्ध गराएका थिए । तर उनीहरुले दुई घण्टाभन्दा बढी समय माग गरेका छन् ।