एउटा साधारण चिनियाँ शिक्षकको छोराले बनाएको एआई डेभलपर ‘डीपसीक’ले ट्रम्पको मुटु हल्लियो

मंगलबार, १५ माघ २०८१

काठमाडौँ – चीनियाँ एआई डेभलपर ‘डीपसीक’ले अमेरिकी राष्ट्रपति डोनाल्र्ड ट्रम्पलाई समेत तनाव दिएको छ । ६ मिलियन अमेरिकी डलरमा तयार भएको यो एप बनेपछि थुप्रै धनाड्यहरुको सम्पत्ती घटेपछि तनाव बढेको हो । सामान्य शिक्षकको छोरा लियाङ वेनफेङ्गले बनाएको आर्टिफिशियल इन्टेलिजेन्स एपले विश्वभर बलियो पकड बनाएपछि उनको चर्चा विश्वभर चुलिएको छ ।

यो एप विभिन्न नयाँ शक्तिको रुपमा उत्पन्न भएसंगै सिलिकन भ्यालीको आधारलाई नै हल्लाइदिएको छ । त्यतिमात्र नभएर अमेरिकासमेत विश्वभरीका बजारमा भूकम्प नै ल्याइदिएको छ ।

विश्वका विभिन्न धनाड्य व्यक्तिको सम्पत्तिमा ठूलो गिरावट आएको छ । तर के हो त यो डीपसीक रु यसलाई कसले बनायो रु भन्ने कौतुहलता सबैमा बढेको छ ।

यो चीनको एआइ स्टार्टअप हो । यो स्टार्टअप आफ्नो अनौठो इनोभेशनका कारण परिचित छ । यसका फाउन्डर लियङ वेनफेङ्ग हुन् । यो स्टार्टअपले भर्खरै आफ्नो एआई च्याबट डीपसीक (आर १) लाई रिलिज गरेको थियो । रिलिज भएको केहि समयमा नै यसले बजार तताएको थियो । यसले ओपन एआईको च्याजीपीटीलाई पछाडि पार्दै अमेरिकामा एप्पलको एप स्टोरमा सबैभन्दा बढी रेटिङ पाउने फ्री ऐप बन्न सफल भएको छ ।

यो एआइ असिस्टेन्ट मोडललाई अहिले अत्यधिक मानिसले मन पराइरहेका छन् । रोयटर्सको एउटा खबरका अनुसार डीपसीक-आर १ पावर्ड यो एआइ च्याटबटलाई एनभिडियाको एच ८०० चिप्सको प्रयोग गरेर ट्रेन गरिएको थियो । यसको लागत ६० लाख डलरभन्दा कम थियो । त्यस्तै च्याट जीपीटीलाई बनाउनमा करीब १० गुना बढी रकम खर्च भएको थियो ।