शिशिर योगीको ‘उठ नेपाली, जुट नेपाली’ बोलको गीत सार्वजनिक

बुधबार, १६ माघ २०८१

काठमाडौं – गीत वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीको स्वरमा रहेको ‘उठ नेपाली जुट नेपाली बोल’को जागरण गी सार्वजनिक भएको छ । सञ्चारकर्मी, कवि तथा साहित्यकार सुशीला ढकाल अधिकारीको शब्द रहेको गीत सिर्जनाको चौतारी नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत ‘उठ नेपाली , जुट नेपाली’ योगीकै स्वर तथा सङ्गीतमा शहिद दिवसको दिन पारेर सार्वजनिक गरिएको हो । गीतले सार्वजनिक भएको केही घण्टामै उक्त भिडियो सहितको राष्ट्रिय गीतले धेरैको मन जितिसक्ने अनुमान गरिएको छ ।

मनोहर सुनामले सङ्गीत संयोजन गरेको उक्त गीत दील समर्पणले रेकर्ड गरेका हुन् । प्रकाश मिश्रको मिक्सिङ रहेको सो गीतको दृष्याङ्कन भने बिरेन्द्र भाट विपिनले गरेका छन् । एकौस्टिक नेपालमा रेकर्डिङ भएको सो गीतको पोस्ट प्रोडक्सन वल्र्ड कभर मिडिया प्रालिले गरेको हो ।

चर्चित गायक योगीले उक्त शव्दको भावले आफ्नो मन छोएकाले सो गीत आफूले गाएको प्रतिक्रिया दिएका छन् । गीतकार अधिकारीले भने आफूले नेपालीहरुलाई एकताको सन्देशसहित फुटेर होइन जुटेर अघि बढ्न र राष्ट्रियताप्रति गम्भिर बन्न आग्रह गर्ने उदेश्यले उक्त गीत लेखेको जानकारी दिइन् ।