जे पर्ला पर्ला ? सिधा अगाडि बढ्नुहोस् !

बुधबार, १ जेष्ठ २०७६

काठमाडौं – संगतलेनै मानिसलाई सतकर्ममा लाग्ने वा दुस्कर्ममा लाग्ने भन्ने पुस्ट्याउँछ । संगतले मानिसलाई महान पनि बनाउँछ र बदमास पनि पनाउँछ ।

अहिलेसम्म जाँडको तितो र टर्राे स्वाद लिनुभएको छैन भने जड्यहासंगको संगत गर्नुहोस्, अझैं सम्म दुःख पाउनु भएको छैन भने डाँकाको संगत गर्नुहोस्, यदि साँच्चै जीवनमा सुखी, खुशी, सफलता तथा सर्वाेत्कृष्ट आनन्दको स्वाद पाउनुभएको छैन भने बासुदेव भगवान्का शुद्ध भक्तहरुसँगको संगत गर्नुहोस् ।

मित्रः चन्द्रमा कति सुन्दर, शितल, र उज्जवल हुन्छ तर चन्द्रमाको शितलतालाई, सुन्दरतालाई बिर्सेर चन्द्रमाको दागलाई मन केन्द्रित गर्नेलाई कसरि सन्तुष्ट गर्न सकिन्छ ? दुनट कति मिठो हुन्छ तर बाहिरी मिठो भागलाई नहेरेर प्वाल पनि कति ठुलो भन्दै प्वाल हेर्न शुरु गर्नेले मालको चाल पाउन सक्दैन ।

त्यसैले कतिपय योजना, व्यापार, वा व्यवशायमा अलमल पर्नुको सट्टा सिधा अगाडि जाने तर्फ निर्णय गर्नु नै बुद्धिमानी हुन्छ ।

अरु थुप्रै यस्तै-यस्तै उत्प्रेरणात्मक कथाहरु पढ्नका लागि यहाँ क्लिक गर्नुहोस ।