नेपाल लाइफद्वारा एक दिवसीय Sales Transformation Session सम्पन्न

सोमबार, २१ माघ २०८१

काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय Sales Transformation Session सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गर्दै Session सम्पन्न भएको हो ।

कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै कम्पनीका संचालक कमलेश कुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई अन्तरमनदेखि धन्यवाद ज्ञापन गरेका थिए ।

उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको बताए । उनले ग्राहक मैत्री सेवाहरू प्रवाह गर्नका निम्ति कुनै पनि किसिमको सहयोग गर्न संचालक समिति सदैव तयार रहेको बताउँदै नेपाल लाइफको टिम बीमा उद्योगमानै सबैभन्दा उत्कृष्ट रहेको र यस टिमको परिचालनले उद्योगमा आमूल परिवर्तन ल्याउनेमा आफू निर्धक्क रहेको जिकिर गरे । कम्पनीका लक्ष्य प्राप्तिका निम्ति सहजकर्ताको भूमिका निर्वाह गर्न संचालक समिति सकारात्मक रहेको बताए ।

कार्यक्रमामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरु, कर्मचारीहरु तथा समस्त सरोकारवालाहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेशनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको legacy लाई थप उचाइमा पु¥याउन कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको नेशनल सेल्स हेड उमापति पोखरेलले बताए ।