अनुहार चम्काउनु छ भने आलुको प्रयोग गर्नुहोस्
काठमाडौँ – आलुको प्रयोगबारे नयाँ तथ्य खुलेको छ । यसको प्रयोगले अनुहारको रंग गोरो हुने एक अध्ययनले देखाएको छ । काँचो आलुलाई पिसेर निकालिएको रस अनुहारमा लगाउँदा सफा, दाग–रहित र चम्किलो बनाउँछ । यसको प्रभाव स्थायी नभएपनि यसको नियमित प्रयोगले अनुहारको रंग निखार्दै गोरो बनाउने अध्ययनको निश्कर्ष छ ।
पछिल्लो समय मानिसहरूले सामाजिक सञ्जाल र युट्युबमा देखाइने अधिकांश कुरामा विश्वास गर्छन् । छालाको हेरचाहको कुरामा पनि अधिकांश युवायुवतीले युट्युबको मद्दत लिएको देखिन्छ । ट्रेन्डको कुरा गर्ने हो भने हिजोआज छालाको हेरचाहमा आलुको धेरै प्रयोग भइरहेको छ । आलुको प्रयोगले अनुहारको रंग गोरो बनाउने दाबी गरिएको छ ।
काँचो आलुलाई पिसेर यसको रस निकालेर छालामा प्रयोग गरिन्छ । आलुको रसमा पाइने तत्त्वले अनुहारको धेरै समस्या हटाउँछ । आलुमा क्याटेकोल इन्जाइम र भिटामिन सी हुन्छ, जसले छालामा निखार ल्याउन मद्दत गर्दछ । यसमा एन्टिअक्सिडेन्ट हुन्छ जसले छालामा भएको चाउरीपना कम गर्छ र छालालाई प्राकृतिक टोन पनि दिन्छ ।आलुको रसमा पाइने स्टार्च र एन्टिअक्सिडेन्टले दागलाई हल्का बनाउन सक्छ । यसले छालामा नमी कायम राख्छ र सुख्खापन हटाउँछ ।
धेरै मानिसहरूलाई लाग्छ कि आलुको प्रयोगले अनुहार गोरो हुन्छ । तर त्यस्तो होइन । आलुले छालालाई प्रत्यक्ष रूपमा गोरो बनाउँदैन । तर यसले छालालाई सफा, दाग–रहित र चम्किलो बनाउन सक्छ ।