महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी सशस्त्रको जागिर छाडेर लागिन् अस्ट्रेलिया

शुक्रबार, २५ माघ २०८१

काठमाडौं – राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधारी पलायन भएकी छिन् । सशस्त्र प्रहरी बलको जागिर छाडेर चौधरी अस्ट्रेलिया पलायन भएकी हुन् । भर्खरै सम्पन्न टाइगर कपमा पराजय बेहोरेर निराश बनेकी उनी राजिनामा दिएको अस्ट्रेलिया पुगेकी हुन्

भर्खरै सम्पन्न टाइगर कप लगत्तै उनी अस्ट्रेलिया पुगेकी हुन् । सरस्वती टाइगर कपकै लागि अस्ट्रेलियाबाट नेपाल आएकी थिइन् । उनीले राजिनामा दिएको बताइएको छ । सरस्वती आठ वर्ष अगाडि सेवा प्रवेश गरेकी थिइन् ।

गत आइतबार सम्पन्न फाइनलमा एपीएफ आयोजक टाइगर ग्रुपसँग पराजित भएको थियो । एपिएफका लागि उनले प्रधमान्त्री कप, एनभिए लिगरच्याम्पियनसिप, टाइगर कप लगातयताका थुप्रै घरेलु प्रतियोगिता जितेकी छन् ।

यसैगरी सरस्वतीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबबाट खेल्दा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको पनि उपाधि जितेकी छन् ।