महाकुम्भमा भाइरल बनेकी मोनालिसा नेपाल आउँदै

मंगलबार, २९ माघ २०८१

काठमाडौँ – भारतको उत्तर प्रदेशस्थित महाकुम्भमा रुद्राक्ष माला बेच्दाबेच्दै भाइरल भएकी मोनालिसा नेपाल आउने भएकी छन् ।

रौतहटको मोलापुरमा आयोजना हुने मधानी महोत्सवमा मोनालिसा पनि आउन लागेकी हुन् । महोत्सवमा सांस्कृतिक कार्यक्रमका लागि निर्देशक सनोज मिश्रा र मोनालिसा आउने निश्चित भएको हो ।

मिश्रा र मोनालिसाले मधानी महोत्सवमा आउन लागेको भिडिओ बनाएकी छन्, जुन भिडिओ संघीय सांसद प्रभु साहले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

सांसद साहकी श्रीमती रिना मौलापुर नगरपालिकाकी नगरप्रमुख हुन् । उनले हरेक वर्ष महाशिवरात्रिको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएकी छन् ।