बदनाम केआईआईटी कलेज नेपाली अभिभावक फकाउँदै
काठमाडौँ – भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी तहस नहस भएपछि नेपाली अभिभावक फकाउन थालेको छ । होस्टेलमा भएको तनावपछि कम्तीमा १११ जना नेपाली विद्यार्थी स्वदेश फर्किएपछि कलेजले अभिभावकलाई इमेल गरेर फकाउन थालेको छ । कलेजले अभिभावकलाई इमेल लेखेर उनीहरूको आउनेजाने खर्च बेहोर्ने भन्दै फिर्ता बोलाएको छ ।
विद्यार्थी फर्किन थालेपछि कलेजले अभिभावकलाई इमेल लेखेर आउ-जाउ खर्च बेहोर्ने भन्दै फिर्ता बोलाउने तयारी गरिरहेको छ। दिल्लीस्थित नेपाली दूतावासका कन्सुलरले कलेजका उपकुलपति सरञ्जीत सिंहसँग छलफल गरेका थिए। सिंहले नेपाली विद्यार्थीका अभिभावकलाई सुरक्षाको जानकारी दिन इमेल पठाउने बताए।
आइतबार २० वर्षीया प्रकृति लम्साल मृत भेटिएपछि कलेजमा तनाव बढेको थियो। उनले मानसिक दुर्व्यवहार र ब्ल्याकमेलबारे दुईपटक उजुरी दिए पनि प्रशासनले गम्भीर रूपमा नलिएपछि घटनाले जटिल मोड लिएको थियो। न्याय माग्दै भएको प्रदर्शनमा दमन भएपछि नेपाली विद्यार्थीलाई होस्टल खाली गर्न आदेश दिइएको थियो।
यसबारे नेपाल र भारत दुवै सरकारको ध्यानाकर्षण भएपछि पाँच जना पक्राउ परे पनि अदालतले २० हजार धरौटीमा रिहा गरिसकेको छ। ओडिसा विधानसभामा विषय उठेपछि छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ। प्रहरीले लम्सालको मृत्युबारे थप अनुसन्धान गरिरहेको छ।