रविलाई जेल पठाउने जिवि राई बचतकर्ताबाट फेरी पैसा उठाउँदै

शनिबार, १० फाल्गुन २०८१

काठमाडौँ – रवि लामिछानेलाई ८४ दिने जेल पठाएका जिवि राईले फेरि पैसा उठाउन थालेका छन् । राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन सहकारीले फेरि रकम उठाउन थालेको हो ।

सहकारीमा लाखौँ रुपैयाँँ डुबाएर बिचल्लीमा पारेकाको बचत रकम फिर्ता गर्ने भन्दै उनीहरुबाटै रकम उठाउन थालिएको छ । अदालतमा ठगी मुद्दा चलिरहेको बेला पीडितहरूको भेला बसी किरण श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बनाइएको छ । जिविको निर्देशनमा त्यही समितिले रकम उठाएको बुझिएको छ ।

फसेको रकमको प्रतिशतको आधारमा रकम उठाइरहेको पाइएको छ । यसरी उठाएको रकमको बिल भने दिइएको छैन ।

जिबी राई, कुमार रम्तेल, महेन्द्र गुरुङ (भोटे) लगायतले सर्वसाधारणको १० औं करोड उठाएर अपचलन गरी भागेको अवस्थामा अदालतमा ठगी मुद्दा चलिरहेको बेला हाल आएर पीडितहरूको भेला बसी किरण श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बनाइएको छ ।

त्यही समितिले यतिखेर पीडित बचतकर्ताहरूसँग रकम उठाइरहेको खुलेको हो । नयाँ गठित सञ्चालक समितिको लेखा समिति संयोजक बताउने राजेन्द्र पौडेलले रकम उठाउने कार्यको नेतृत्व लिएका छन् ।

यसरी रकम उठाएको बारे पोखरा महानगरपालिकाको सहकारी महाशाखा र सहकारी रजिस्ट्रार कार्यालयलाई कुनै जानकारी गराइएको छैन ।यता  पोखरा महानगरपालिका सहकारी महाशाखाका कर्मचारी राजु सुवेदी भने पीडितसँग पैसा उठाएको कुरा हामीलाई जानकारी छैन, उठाउन पाइँदैन । उठाएको हो भने त्यो गलत भएको बताउछन् ।