यस्तो ठगी काण्डमा मुछिए भारतीय चर्चित अभिनेत्री तमन्ना र काजल अग्रवाल
काठमाडौँ – पुडुचेरी साइबर क्राइम प्रहरीले तमिलनाडुको कोइम्बटूरबाट क्रिप्टोकरेन्सी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। यस मुद्दामा अभिनेत्री तमन्ना भाटिया र काजल अग्रवाललाई पनि सोधपुछ गरिने बताइएको छ।
कोइम्बटूरको पुडुचेरी प्रहरीले क्रिप्टोकरेन्सी व्यापारको नाममा देशभर ५० करोड रुपैयाँसम्मको ठगी गर्ने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ। पुडुचेरी साइबर क्राइम प्रहरीले यस मुद्दामा तमन्ना र काजललाई बोलाएर सोधपुछ गर्ने निर्णय गरेको छ।
उनीहरू दुवैले कम्पनीको सुरुवात कार्यक्रममा भाग लिएका थिए। यसका लागि दुवै अभिनेत्रीलाई महँगो उपहार पनि दिइएको थियो।
प्रहरीले काजल र तमन्नासँग उनीहरूले कम्पनीको कार्यक्रममा भाग लिएका थिए वा उनीहरूको कुनै आर्थिक संलग्नता पनि थियो भनेर जवाफ मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
टियाको टोलीले अभिनेत्रीको तर्फबाट एक विज्ञप्ति जारी गरेको छ। जसमा यो केवल अफवाह मात्र भएको भनिएको छ। अभिनेत्रीले यस्ता झूटा समाचारविरुद्ध कारबाही गर्ने बताएकी छिन्।