राजावादीको गतिबिधि तिब्र बनेपछि सरकारले यी स्थानहरुमा गर्यो निषेधित क्षेत्र घोषणा

सोमबार, २६ फाल्गुन २०८१

काठमाडौँ – राजावादीको गतिबिधि तिब्र बनेपछि सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँ बानेश्वर, राष्ट्रपति कार्यालय वरपर, उपराष्ट्रपति कार्यालय क्षेत्र, साथै प्रधानमन्त्री निवास बालुवाटार आसपास निषेधाज्ञा जारी गरेको छ ।

यी क्षेत्रमा पाँच जना भन्दा बढी भेला भई नारा जुलुस, धर्ना, घेराउ तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वरसहित विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

फागुन २५ गतेदेखि लागू हुनेगरी सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँ बानेश्वर, राष्ट्रपति कार्यालय वरपर, उपराष्ट्रपति कार्यालय क्षेत्र, साथै प्रधानमन्त्री निवास बालुवाटार आसपास निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा दुई महिनासम्म लागू रहनेछ । यस अवधिमा ती क्षेत्रमा पाँच जना भन्दा बढी भेला भई नारा जुलुस, धर्ना, घेराउ तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।