प्रचण्डको तस्बिर जलाउनेलाई भब्य स्वागत
काठमाडौँ – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बमलाई भब्य स्वागत गरिएको छ ।
तस्वीर जलाएकै कारण पक्राउ परेका बमलाई रिहा लगत्तै हेटौंडा–२ स्थित राप्रपाको कार्यालयमा भव्य स्वागत गरिएको हो।
चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । उनले शनिबार मकवानपुरमा प्रचण्डको तस्बिर जलाएका थिए ।
आइतबार साँझ प्रहरीले रिहा गरेका बमलाई रिहाइलगत्तै हेटौँडा -२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ ।