चन्द्रागिरीमा देखियो चन्द्र ढकालको असली रुप
काठमाडौं – पाथिभरामा जवरजस्ती केबलकार बनाउन खोज्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आफ्नो असलीरुप चन्द्रागिरीमा देखाएका छन् । ढकालले भालेश्वर मन्दिरमा जाने पैदलयात्रुसँग गैरकानुनी रुपमा असुली धन्दा चलाएर दर्शनार्थीलाई आजित पारेका छन् ।
ढकालको मुख्य लगानी रहेको चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिरमा जाने पैदलयात्रुसँग गैर कानुनी रुपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरेर आफ्नो असली रुप देखाएका हुन् । राजनीतिक र प्रशासनिक पहुँचको आधारमा ढकाल नेतृत्वको हिल्सले पैदलयात्रुसँग असुली गरिरहेको हो ।
चन्द्रागिरी पहाडमा रहेको प्रशिद्ध भालेश्वर मन्दिरको दर्शनार्थीसँग १०० रुपैयाँ प्रवेश शुल्क असुली भइरहेको समाचार बाहिरिएपछि थाहा नगरपालीका वडा नम्बर ९ ले सार्वजनिक सुचना नै जारी गरेको छ भने चन्द्रागिरी नगरपालिकाले कुनै चासो लिएको छैन । न त सिमानाकै थाहा नगरपालिकाको चासो छ । सार्वजनिक वन क्षेत्रलाई अतिक्रमण गरी केवलकार निर्माण गरेको चन्द्रागिरी हिल्सलाई सरकारले केवलकारको भाडा मात्रै उठाउन अनुमति दिएको छ ।
तर, अहिले आम्दानी बढाउन भन्दै चन्द्रागिरी हिल्सले राष्ट्रिय वन क्षेत्रमा निजि सुरक्षा गार्ड राखेर दैनिक लाखौं रुपैयाँ रकम उठाइरहेको छ । सो आधारमा चन्द्रागिरी हिल्सले करिब १० हजार जनासँग रकम उठाइसकेको छ । यसरी रकम उठाउने क्रम विगत तीन महिनादेखि चलिरहेको छ ।
भालेश्वर मन्दिर दर्शन गर्न जानेसँग प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लिएर हदैसम्म गिरेका ढकालले पाथिभरामा पनि यस्तै नियति नदोहोर्याउलान भन्न सकिदैन ।