यसकारण वकिलले कालो र डाक्टरले लगाउँछन् सेतो ड्रेस

मंगलबार, ५ चैत्र २०८१

काठमाडौँ – के तपाईंले कहिल्यै ध्यान दिनुभएको छ कि वकिलहरू किन सधैं कालो कोटमा देखिन्छन् र डाक्टरको ड्रेस किन सेतो कोट हुन्छ ? यी दुवै पोसाकको पछाडि एक गहिरो सोच र इतिहास लुकेको छ । कालो कोटले कडा र गम्भीर देखिनाले न्यायप्रति सम्मान र निष्पक्षतालाई दर्साउँछ । त्यही भएर वकिलले कालो कोट लगाउँछन् भने डाक्टरले सेतो शुद्धता र विश्वासको प्रतीक भएको सेतो कोट लगाउँछन् ।

इतिहासको कुरा गर्ने हो भने १७औं शताब्दीमा बेलायतका राजा चार्ल्स द्वितीयको मृत्युपछि वकिल र न्यायाधीशले कालो पोसाक लगाउन सुरु गरेका थिए । यो शोक व्यक्त गर्ने एक तरिका थियो । तर, बिस्तारै यो परम्परा बन्यो र यो आजसम्म जारी छ ।

यसबाहेक कालो रङ्गलाई न्याय, निष्पक्षता र गम्भीरतासँग जोडिन्छ । जब वकिलहरू कालो कोटमा अदालत कक्षमा प्रवेश गर्छन्, यसले उनीहरूले उठाएका मुद्दाहरूमा गम्भीरता र इमानदारिताको भावना प्रदर्शन गर्छ ।

कालो कोटमा एउटा विशेष कुरा के छ भने कडा र शक्तिशाली व्यक्तित्वलाई प्रदर्शन गर्ने यो रङ्गले वकिलको कामको गम्भीरतालाई स्पष्ट रूपमा देखाउँछ । अनि कालो रङ्गमा कुनै पनि दाग चाँडै देखिँदैन, जसले वकिलहरूलाई सधैँ पेशेवर रूपमा सिद्ध देखिन्छन् ।

अब जानौँ डाक्टरहरूको सेतो कोटको बारेमा जुन उनीहरूको पहिचान बनिसकेको छ । सेतो रङ्गलाई सधैँ शुद्धता, सफा र विश्वासको प्रतीक मानिन्छ ।

सेतो कोटको परम्पराको इतिहास पनि रोचक छ । १९औं शताब्दीको मध्यतिर जब चिकित्सा विज्ञान तीव्र विकास भयो र अस्पतालहरूमा सरसफाइमा ध्यान दिन थालियो, त्यसबेला डाक्टरहरूले सेतो कोट लगाउन सुरु गरे । सेतो रङ्गमा दाग चाँडै देखिन्छ, जसले डाक्टरहरूलाई सफा र स्वच्छताप्रति सचेत गराउँछ ।