लोकप्रिय गायक अशिम कुमार कटुवालको ‘कसम विद्यानास’ बोलको गित चर्चामा

बिहिबार, ७ चैत्र २०८१

काठमाडौँ – काँठ क्षेत्रमा सर्वाधिक रुचाइएका लोकप्रिय गायक तथा सर्जक अशिम कुमार कटुवालको कसम विद्यानास बोलको काँठे लोकभाका सार्वजनिक गरिएको केही दिनमै चर्चाको शिखरमा पुग्न सफल भएको छ।

कटुवाल र कल्पना पराजुलीको सुमधुर आवाजमा केहीदिन अघिमात्र सार्वजनिक गरिएको लोकभाका दर्शक स्रोताहरुको सर्वाधिक रोजाईमा परेको हो।

बिष्णु तामाङ्ले संगीत संयोजन गरेको गीतमा गायक कटुवालको सब्द सिर्जना र गायिका पराजुलीको संगीत रहेको छ। नेहारिका थापा र कुमार सुनिलको ससक्त अभिनय रहेको गीतमा म्युजिक भिडियो निर्देशन दिरेन श्रेष्ठले गरेका हुन् भने चक्र बहादुर बरालले छायांकन गरेका हुन्।

डेड दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा अनबरत लागिरहेका कटुवालले सय भन्दा बढी गीतहरुको सिर्जनासंगै आवाज भरेका छन् । गायक अशिम कुमार कटुवाल नामक आफ्नै अफिसियल युत्युब च्यानलबाट सार्वजनिक गरिएको गित कसम विद्यानास सामाजिक संजाल टिकटक, रिल र इन्स्ट्राग्राम जस्ता डिजिटल प्लेटफम हरुमा लाखौंले रुचाएका छन्।

काँठ क्षेत्रमा गुनगुनाइने मौलिक भाका सब्द, संगित गीतमा अनुबन्धित सबै कलाकारहरुको आफ्नो क्षामता अनुसारको कला अनि मेहनतको संयुक्त फ्युजनले गीतमा निखारता आएकाले अझ धेरै दर्शक स्रोताहरुको मन मनमा बस्न सफल हुने निर्माण पक्षको दाबी छ।

दोलखाको मेलुङमा जन्मिएर काठमाडौँलाई आफ्नो कर्मथलो बनाउँदै आएका गायक तथा सर्जक कटुवालको दोलखा चरिकोट, तिमि मलाई है सानु, दशैं आयो, रेलीमै, बाटो छ भिरालो, लेकमा भेडी लगाएत सयौं गीतहरु सर्वाधिक चर्चामा छन्।