सुत्केरी बिदामा गएकी महिला गर्भवती भएर फर्किएपछि हंगामा

शनिबार, ९ चैत्र २०८१

काठमाडौँ – बेलायतमा सुत्केरी बिदामा बसेकी कर्मचारी गर्भवती हुँदै कार्यालयमा फर्किएपछि हंगामा मच्चिएको छ। निकिता ट्विचेन  नाम गरेकी ति महिला बिदा सकेर फर्किदा गर्भवती भएर फर्किएपछि हंगामा मच्चिएको हो। यो घटना पश्चात कम्पनीले ती कर्मचारीलाई कामबाट निकालेको छ ।

सन् २०२२ को सुरुमा सुत्केरी बिदाबाट फर्किएको केही समयपछि महिलाले कम्पनीको प्रबन्ध निर्देशक जेरेमी मोर्गनलाई आफू गर्भवती भएको बताएकी थिइन् । निकिताका अनुसार उनले यसो भनेपछि मालिक अक्क न बक्क भएका थिए ।

कर्मचारीका अनुसार सुरुमा प्रबन्ध निर्देशकले काममा फर्किदा सकारात्मक प्रतिक्रिया जनाएका थिए । यद्यपि, गर्भवती भएको खुलासा भएपछि उनी प्रति मालिकको दृष्टिकोण फेरियो । सन् २०२२ को मार्चमा सुत्केरी बिदा सकिएपछि कम्पनीले आफूलाई सम्पर्क गर्न कुनै प्रयास नगरेको निकिताको भनाइ छ ।

त्यसपछि उनले कम्पनीका प्रबन्ध निर्देशकलाई अप्रिल ४ मा आफ्नो बिदाबारे इमेल गरिन् । यसको पनि जवाफ आएन । निकिताले ११ र १८ अप्रिलमा बिदाको लागि निवेदन लेख्दै इमेल गरेकी थिइन् । पछि जेरेमी मोर्गनले जवाफी इमेलमा कम्पनीको आर्थिक समस्या र भुक्तानीमा ढिलाइका कारण उनीहरूलाई अनावश्यक कामदारको श्रेणीमा राखेको बताए । पछि नयाँ सफ्टवेयर ल्याउन लागेकोले कम्पनीमा उनको कामै नभएको जानकारी दिइयो ।

यद्यपि, रोजगार न्यायाधिकरणले निकिता ट्विचेनको पक्षमा फैसला गरेको छ । उनलाई नचाहिने घोषणा गर्नु पछाडि कम्पनीले दिएका कारणहरू स्वीकार गर्न न्यायाधिकरणले अस्वीकार गरेको छ ।