६ बुँदे मागसहित आन्दोलनमा होमियो समाजवादी यातायात मजदुर संघ
काठमाडौँ – समाजवादी यातायात मजदुर संघ ६ बुँदे मागसहित आन्दोलनमा होमिएको छ । नेपाल कम्युनिस्ट पार्टीको जनवर्गिय संगठन समाजवादी ट्रेड युनियन महासंघको पेशागत घटक समाजवादी यातायात मजदुर संघले यातायात क्षेत्रमा भएको वेथिति र विसंगतिका ६ बुँदे माग राख्दै आन्दोलन सुरु गरेको हो ।
आइतबार समाजवादी यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष लालबहादुर सीद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा सरकारले तोकेको २० वर्षे सार्वजनिक सवारी साधनको नीति खारेज गरी नेपाली व्यवसायी, श्रमिकको सुरक्षा र लगानीको ग्यारेन्टी गर्नुपर्ने, गैरकानुनी एप्स राखेर सार्वजनिक भाडा तोक्ने इन्ड्राइभ, पठाओ कम्पनीलाई कारवाही तथा यातायात व्यवसाय मजदुरमाथि ट्राफिक प्रहरीद्धारा तोक्ने गरिएको महङ्गो जरिवानालाई नियमन गर्नुपर्ने, इ.भी. ट्याक्सी खरिदमा भएको भ्रष्टाचारको छानविनसहित इ.भी. ट्याक्सी, माइक्रो कारमा भएको प्राविधिक समस्याहरुमा सरकारले क्षतिपूर्तिको ग्यारेन्टी गर्नुर्ने लगायतका माग राखेको छ ।
यी मागमा सरकार तथा सरोकारवाला सम्बन्धित निकायलाई पूरा गर्न संघले दबाब दिएको छ।
