बालेनको एक सब्दले तरङ्ग

सोमबार, ११ चैत्र २०८१

काठमाडौँ – काठमाडौँका मेयर बालेन शाहले ‘असम्भव’ भनेपछि तरङ्ग आएको छ । त्यही शब्दका कारण आफूहरुले तलव नपाएको भन्दै महानगरका शिक्षकहरुले मेयर बालेन साहको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत अभावका शिक्षकसहित हजारौँ कर्मचारीले तलव पाएका छैनन् । मन्त्रालयले गुरागाईँलाई नै निरन्तरता दिन भनेपछि बालेनले ‘असम्भव’ लेखेर फर्काएका थिए ।

काठमाडौँ महानगरभित्रका शिक्षकहरुले पाँच महिनादेखि तलब नपाएपछि मेयर बालेन साहको ध्यानाकर्षण गराएका छन् । नेपाल शिक्षक महासंघ महानगर समितिले आज ध्यानाकर्षण पत्र बुझाएका हुन् । महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएकाले त्यहाँ कार्यरत कर्मचारी र शिक्षकहरुले तलब पाएका छैनन् ।

भोको पेटले विद्यार्थी पढाउन नसकिने भन्दै शिक्षकहरुले चाँडै तलब पाउने व्यवस्था गरिदिन आग्रह गरेका छन् । नक्सा विवादको कारण महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिदामा छन् । सरकारले नयाँ अधिकृत पठाएको छैन । सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई नै निरन्तरता दिन महानगरलाई पठाएको पत्रको जवाफमा बालेनले ‘असम्भव’ लेखेका हुन् ।