माधन नेपालका दाईनेहात भनेर चिनिने गौतम पक्राउ

बुधबार, १३ चैत्र २०८१

काठमाडौँ – नेकपा एकीकृत समजवादीका अध्यक्ष माधन नेपालका दाईने हात भनेर चिनिने दीपककुमार गौतम पक्राउ परेका छन् ।

जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुखसमेत रहेका गौतम बैंकिङ्ग कसुर आरोपितमा पक्राउ परेका हुन् । उनलाई प्रहरी वृत्त, बानेश्वरले हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले गौतम पक्राउ परेको जानकारी दिए । ‘उहाँ प्रहरी वृत्त, बानेश्वरको हिरासतमा हुनुहुन्छ । बैंकिङ्ग कसूरको आरोपमा आज बिहान समातिएको हो’,उनले भने ।

गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट जिसस प्रमुखमा निर्वाचित भएका हुन् ।