उर्जामन्त्रीको आर्थिक ब्यबस्थापन गर्न नमान्दा कुलमानको पद गयो
काठमाडौँ – उर्जामन्त्री दिपक खड्काका कालाकर्तुहरु लुकाउन कुलमान घिसिङलाई हटाइएको खुलेको छ । कुलमानले खड्काको खस्कँदो आर्थिक अवस्थालाई नबुझेकै कारण हटाइएको गोप्य श्रोतले जनाएको छ ।
५ अर्ब बढी ऋणमा रहेका खड्काले मन्त्री हुँदै ऋण तिरेर व्यवसायलाई विस्तार गर्ने योजनामा ब्रेक लागेपछि कुलमान हटाउन बाध्य भएका हुन् । खड्काले नविल बैंकबाट सबैभन्दा बढी ऋण लिएर तिरेका छैनन् । आर्थिक मन्दिले उनका व्यवसायहरु चौपट हुँदै गएका छन् । मन्त्री पद खुस्किएको खण्डमा खड्का सडकमै आउने खतरा छ ।
कुनै समय दिपकसँग आर्थिक कारोबार गर्ने एकजना घरजग्गा व्यवसायीका अनुसार अहिले उनले लिएको औपचारिक कर्जा मात्रै ५०० करोड अर्थात पाँच अर्ब रुपैयाँँ छ । विभिन्न बैंकबाट लिइएका ती ऋणबाहेक अन्य कम्पनी तथा व्यक्तिसँग लिएको रकम पनि उल्लेख्य छ ।
चुनावताका चैनपुर र खाँदबारीका होटलमा खाएको भातखर्च अहिलेसम्म तिरिएको छैन । कतिपय कर्जा घरजग्गामा, कतिपय सेयरमा लगानी गरिएकाले आम्दानीभन्दा खर्च बढी हुँदै गएको र त्यसमा सहयोग पु¥याउन गरिएको घुमाउरो आग्रहलाई कुलमानले अर्को कानले उडाइदिएपछि खड्काबिच्किएर कुलामनको पछाडी हात धोएर लागेको खुलेको छ ।
खड्कालाई सबैभन्दा धेरै ऋण नबिल बैंकका सिइओ ज्ञानेन्द्र ढुंगानाले उपलब्ध गराएका हुन् । तत्कालीन नेपाल बंगलादेश बैंकमा प्रमुख कार्यकारी अधिकृत हुँदा ढुंगानाले ठूलो गुन लगाएका थिए । अहिले उनीराष्ट्र बैंकको गभर्नर बन्ने दौडमा छन् । उता खड्का पनि चौधरीका हाइड्रो पार्टनरको रूपमा परिचित छन् ।
साढे दुई दशक अघिसम्म सामान्य अवस्थाका यिनी वैदेशिक रोजगार भन्दै जापान हान्निए । केही वर्षको ‘घण्टे’ परिश्रमबाट जोगिएको अलिकति पैसा झापा र काठमाडौँँका घरजग्गामा लगानी गरे । राजनीतिक माहौल त्यस्तै भएकाले केही वर्षमा जग्गाबाट राम्रै आम्दानी गरे । बूढानीलकण्ठ क्षेत्रमा गरिएको धेरै प्लटिङमा उनको साझेदारी थियो । सोही क्रममा कांग्रेसीसँग हिमचिम बढ्यो । सबैभन्दा धेरै सशांक कोइरालासँग दोस्ती जमेपछि उनलाई प्रायः साँझको ‘रमाइलो’ गराउने दिनचर्या नै बन्यो । जग्गाबाट प्राप्त केही आम्दानी हाइड्रो र होटलमा लगानी गर्न थाले । त्यसबीच लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिएर पार्टी प्यालेस सञ्चालन गरे ।
भाडा हालसम्म तिरेको देखिँदैन तर, खड्काको आर्थिक अवस्थाको ‘व्यालेन्स सिट’ लरखराउन थालेपछि ऊर्जा मन्त्रालयको जिम्मेवारीलाई अचुक अस्त्र ठानेको एकथरीको विश्लेषण छ ।
कांग्रेस नेता शेखर कोइराला रुष्ट भएपछि नेतृ आरजूसँग एकाएक निकट भएर संखुवासभाका अरु कांग्रेसलाई लतार्दै सांसद बनेका खड्का एकैपटक ऊर्जामन्त्री बन्न सफल भएका हुन् । लगानी संकटमा परेपछि पैसाको निम्ति मन्त्री बनेपनि उपाय नष्ट भएपछि कुलमानमाथि खनिनुको विकल्प रहने कुरै भएन ।