मेयरको काठमाडौँमा मस्ती, सेवाग्राहीलाई सास्ती

बुधबार, १३ चैत्र २०८१

काठमाडौँ – झण्डै तीन हप्तादेखि नगर प्रमुख र प्रमुख प्रसासकिय अधिकृतको कार्यकक्षमा लागेको ताला नखुल्दा सेवाग्राही मर्कामा परेका छन् । नागरिक उन्मुक्ति पाटीबाट टिकापुर नगरपालिका प्रमुख जितेका रामलाल डगौरा थारुले आफ्नै कार्यपालिका सदस्यको मागलाई बेवास्ता गर्दा नगरपालिका काम ठप्प छ्न् ।

थारु नगरको समस्या थाति राखेर काठमाडौँमा मोज मस्कीमा व्यस्त छन् । तालाबन्दी गरिएको झण्डै तीन हप्ता पुगिसक्दा पनि मेयर थारुले ताला खोल्ने विषयमा कुनै चासो देखाएका छैनन् । मेयर थारुले लाताबन्दीको कुरालाई सामान्य रुपमा लिँदै नगरपालिका कोलियाबाट चलौछु भने हिडेका छन् । मेयरले कोलियामा आफ्नो टेबुल राखेर नगरपालिकाको काम सुरु समेत गरेका थिए ।

नगरपालिकामा तालाबन्दी गर्ने टिकापुर नगर पालिका कार्यपालिका सदस्य दिपक निसानी र टिकापुर नगरपालिका वडा अध्यक्ष लगायत अन्य ५ राजनैतिक दल रहेका छन् । नगर कार्यपालिका सदस्य दिपक निसानीका अनुसार २०८१ साल माघ २९ गते बसेको कार्यपालिकाको बैठकमा गरिएका निर्णयमाथि तीन वडा अध्यक्ष सहित पाँचजना कार्यपालिका सदस्यहरूले नोट अफ डिसेन्ट लेख्न पाउँ भनी माग गर्दागर्दै केही कर्मचारी प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखले आफ्नो अधिकारको दुरुपयोग गर्दै उनीहरूको मागलाई लात हानेका थिए ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा भ्रष्ट कर्मचारीहरूको साथ लिएर मेयरले कार्यपालिका सदस्यहरूलाई अनुगमन टोलीबाटै हटाएर एकलौटी निर्णय गरेको उनको आरोप छ । माघ २९ गते बसेको बैठकका केही निर्णयहरू वेबसाइटमा नहाल्न उनीहरूको मागलाई लत्याइँदै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत मनोमानी ढंगले अगाडि बढेपछि तीन वडा अध्यक्षसहित कार्यपालिका सदस्यहरुले नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।

फागुन २२ गते विभिन्न माग राख्दै वडाध्यक्ष, कार्यपालिका सदस्य र स्थानीय राजनीतिक दलहरुले आन्दोलन स्वरुप नगरपालिकाका तालाबन्दी गरेका हुन् ।