प्रतिगमन सल्बलाएपछि ओली, देउवा र प्रचण्ड एकै ठाउँमा
काठमाडौँ – राजावादीहरुको चहल पहलले गणतन्त्रमाथि खतरा बढेपछि प्रमुख राजनीतिक दलका तीन शीर्ष नेता एकैठाउँ भएका छन्।
‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनमा अन्तरक्रिया गर्न प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकै मन्चमा देखिएका हुन्
सम्मेलन तथा अन्तरक्रिया बानेश्वरस्थित एक होटेलमा चलिरहेको छ । गत सोमबार मात्रै तीनजना शीर्ष नेताले सङ्क्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्ने सहमति जुटाएका थिए ।
पछिल्लो समय राजावादीहरु सल्बलाई रहेका बेला तिन ठूला दलका नेताहरु एकैठाउँ उभिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।