नेकपा पोलिटब्युरोको आकस्मिक बैठक बस्दै
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरोको आकस्मिक बैठक बन्ने भएको छ । पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक सोमबार बिहानदेखि काठमाडौँमा बस्ने नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए । बैठकमा गणतन्त्रका विरुद्धमा भएको बहस, तीनकुने भएको हिंसात्मक गतिविधि लगायतका विषयमा छलफल हुने उनको भनाई छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेश्रो पटक राजा बन्ने इच्छा लागेपछि देश अशान्त बनेको छ । राजावादीको आन्दोलन हिंसात्मक बनेपछि एक पत्रकारसहित दुई जनाको ज्यान गएको छ ।