भाइरल युवती मोनालिसालाई फिल्ममा खेलाउँछु भन्ने निर्देशक बालत्कार आरोपमा पक्राउ
काठमाडौँ – महाकुम्भको मेलाबाट भाइरल भएकी युवती मोनालिसालाई फिल्ममा खेलाउँछु भन्ने निर्देशक सनोज मिश्रा बलत्कार आरोपमा पक्राउ परेका छन् । नायीका बन्ने सपना बुनेकी एउटा सानो सहरकी युवतीलाई धेरै पटक बलात्कार गरेको उनीमाथि आरोप छ ।
सनोजले उनलाई फिल्ममा भूमिका दिने वाचा गरेर फोन गर्दै भेटेका थिए । शारीरिक शोषण पछि कसैलाई नभन्न धम्कीसमेत दिएको पीडित महिलाले बताएकी छन् । भारतको महाकुम्भको मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्ममा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको हो ।
महाकुम्भ मेलामा माला बेच्ने मोनालिसालाई आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’मा काम दिने प्रस्ताव गर्दा सनोज मिश्राको नाम चर्चामा आएको थियो । आफ्नो सुन्दरता, विशेषगरी आँखाका कारण मोनालिसा सामाजिक सञ्जालमा भाइरल भइन् । सनोज आफैँ मोनालिसाको घर गएर उनलाई फिल्मको लागि साइन गराए र उनको तालिम पनि सुरु गरेका थिए । तर अब यो गिरफ्तारीले मोनालिसाको फिल्मी करियर र छविमाथि प्रश्न उठाएको छ ।
प्रहरीले सनोजविरुद्ध पहिले पनि धेरै उजुरी परेको बताएको छ, तर यसपटक प्रमाणको आधारमा कारबाही गरिएको छ ।