रवि लामिछानेको पदमा फर्किने अन्तिम प्रयास असफल

मंगलबार, १९ चैत्र २०८१

सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउने र सांसद पद निलम्बन गर्ने प्रवृत्ति गलत रूपमा विकास हुन सक्नेतर्फ आफू समेत चिन्तित रहेको उनले बताए । तथापि, आफूले कानुन बाहिर गएर केही नगरेको पनि सभामुख घिमिरेले बताए ।

लामिछानेले सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सांसद पद निलम्बन गरिदिने प्रवृत्ति जो सुकैका हकमा समेत लागू हुन सक्ने बताए । लामिछानेको यस्तो चिन्ताप्रति सभामुखले आफूलाई समेत त्यस्तो लागेको बताए ।

लामिछानेले यो विषयमा राजनीतिक दलहरूसँग संवाद गर्न सभामुख घिमिरेलाई सुझाए । सभामुखसँगको भेटपछि लामिछानेले पत्रकारहरुसँगको कुराकानीमा पनि यही विषय राखेका थिए । उनकाअनुसार सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइने र सांसद पदबाट निलम्बन गरिदिने प्रवृत्ति बढे सरकारको संख्या नै तलमाथि हुनसक्ने सम्भावना समेत रहन्छ । यो विषयमा सभामुखले आफू चिन्तित रहेको बताएका छन् ।