सिल्भरका सन्तोषको अर्को ठगी काण्ड, ६ महिनादेखि समस्यामा विद्यार्थी
काठमाडौँ – सिल्भर एजुकेशन फाउण्डेशनको अर्को ठगी काण्ड बाहिरिएको छ । दक्षिण कोरियाको जेईआई युनिभर्सिटीमा कोरियन भाषा अध्ययनका लागि डि४–७ भिसामा पठाउने भन्दै विद्यार्थी ठगेको काण्ड बाहिरिएको हो ।
विद्यार्थीले दिएको सूचनामा अनुसार सिल्भरले भिसा कोड खरिद गर्नुपर्ने भन्दै प्रतिविद्यार्थी १२ लाखका दरले ठगेको छ । श्रोतले दिएको जानकारी अनुसार यसरी ठगीने विद्यार्थीमा ७० जना भन्दा बढी रहेका छन् । उनीहरुका अनुसार भिसा कोड किन्ने भन्दै सिल्भर एजुकेशन फाउण्डेशनका सिईओ तथा फाउण्डर सन्तोष खनालले पैसा उठाएर हुण्डिमार्फत कोरिया पठाएका छन् । २०२४ को डिसेम्बरमा भिसा आउने भन्दै सेप्टेम्बरबाट पैसा उठाएका उनले अहिलेसम्म विद्यार्थीलाई टारिरहेका छन् ।
‘डिसेम्बरमा भिसा आउने भनेको भएपनि भिसा नआएपछि मार्च इन्टेकलाई डिफर गरियो ।’, मोटिभेट न्यूजको सम्पर्कमा आएका विद्यार्थीले भने, ‘मार्चमा पनि भिसा आएन । फेरि जुन इन्टेकका लागि डिफर गर्यो र जुनको पनि अघिल्लो सोमबारसम्म फिसा आइसक्नु पर्ने थियो । त्यो पनि आएन ।’
सरकारले डि-४-७ (कोरियन भाषा अध्ययन) भिसामा कोरिया जान र पैसा पठाउन चाहिने नो अब्जेक्स सर्टिफिकेट (एनओसी) रोकेपछि विद्यार्थी थप समस्यामा परेका छन् । उनीहरुले कन्सल्टेन्सीले गलत सल्लाह दिएर यो विश्वविद्यालयमा एप्लाई गर्न लगाएको भन्दै आजसम्मको सम्पूर्ण लागत फिर्ता मागेका छन् ।
‘हामीलाई विश्वविद्यालयमा पठाएको ट्युसन फि, भिसा कोर्डका नाममा उठाएको रकम, सर्भिस चार्ज, डकुमेन्टेशन चार्ज र यो सम्पूर्ण रकमको ६ महिनासम्मको व्याज पनि चाहिन्छ ।’, नाम उल्लेख नगर्ने सर्तमा ति विद्यार्थीले भने, ‘हाम्रो पैसा त गयो गयो समय पनि गयो । उता गएर पढ्ने भनेर यहाँ पनि भर्ना गरिएन । यसको क्षतिपुर्ति पनि दिनुपर्छ ।’
के हो कोर्ड भिसा ?
कोर्ड भिसालाई चलन चल्तिमा भिसा कोर्ड भन्ने गरिन्छ । यो कोरियाका केही विश्वविद्यालयलाई आफै विद्यार्थी भर्ना गरेर भिसा दिन मिल्ने गरि त्यहाँको अध्यागमनले बनाएको सिस्टम हो । यसमा विश्वविद्यालयको अन्तरवार्तामा पास भएका विद्यार्थीलाई भर्ना गरेर विश्वविद्यालयले उतैबाट भिसा पठाइदिन्छ । यस्तो विश्वविद्यालयमा एप्लाई गर्ने विद्यार्थीले नेपालस्थित कोरियन दूतावासमा गएर भिसा लगाउनु पर्दैन ।
यो कार्यक्रममा लागि विश्वविद्यालय र विश्वविद्यालयले खटाएका एजेण्टले आधा र नेपालस्थित कन्सल्टेन्सीले आधा–आधा रकम बाँड्नेगरी ६ देखि १८ लाख रुपैयाँसम्म उठाउने गरेका छन् । यो विद्यार्थीले तिर्ने ट्युसन फि बाहेकको रकम हो । छिटो पैसा कमाउन सिल्भरका सन्तोषले कोरियनसँग मिलेर भर्खरै यो काम सुरु गरेका थिए । उनलाई पहिलो लटमा झट्का लागेको छ ।
यहाँ विद्यार्थीले केही समय कोरियन भापा अध्ययन गरेपछि डिप्लोमा, व्याचलर, वा मास्र्टर्स कोर्स अध्ययन गर्न पाउँछन् । एकेडेमिक नपुगेका, आएल्स नगरेका र लामो समय ग्याप भएका विद्यार्थीलाई यस्तो कोर्स अध्ययन गर्ने अवसर प्रदान गरिन्छ । तर नेपालका शैक्षिक परामर्श व्यवसायीले यसको दुरुपयोग गर्दै राम्रो आम्दानी हुने लोभमा सकेजति विद्यार्थीलाई डाइभर्ट गर्ने गरेका छन् ।
के भन्छ सिल्भर ?
सिल्भरले विद्यार्थी समस्यामा परेको स्वीकारेको छ । मोटिभेट न्यूजले इमेलमार्फत सोधेको प्रश्नमा सिल्भरले भिसा प्रक्रियाको क्रममा केही प्रशासनिक ढिलाइ, कागजातको म्याद र कोरियाको अध्यागमनको मापदण्डहरूमा आएको परिवर्तनका कारण केही विद्यार्थीलाई अन्तिम समयमा युनिभर्सिटीले इन्टेक डिफर गर्नुपरेको जनाएको छ । तर उसले विद्यार्थीबाट १२ लाखसम्म रकम उठाएको र ७० जना विद्यार्थी समस्यामा आएको विषयमा सत्यता नभएको जनाएको छ ।
सिल्भरले एनओसी मार्फत विद्यार्थीको पैसा कोरिया पठाएको र विद्यार्थीले चाहेको खण्डमा विश्वविद्यालयको पोलिसी अनुसार रिफण्ड गर्न सकिनेसमेत जनाएको छ ।
https://www.facebook.com/share/r/15ycPRHViV/