कांग्रेसको उदारवादी अर्थनीतिले अर्थतन्त्र धरासायी भयो : अनिल सी
सर्लाही – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीले नेपाली कांग्रेसले विश्व बैंकको दवावमा ल्याएको कथित उदारवादले देश धरासायी भएको आरोप लगाएका छन्।
सनिबार नेकपाको सर्लाही जिल्ला पार्टी बैठकलाई सम्बोधन गर्दै नेता अनिल सीले नेपाली कांग्रेसले विश्व बैंकको दवावमा ल्याएको कथित उदारवादका कारण देश परतन्त्र र धरासायी भएको आरोप लगाएका हुन्।
उनले कांग्रेसको स्वतन्त्र अर्थनीति नै नभएको बताउँदै विश्व पूँजीवादको भरिया मात्र भएको आरोप लगाए । बालवन्दी बजारमा भएको बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी प्रमिला सीले गरेकी थिइन् भने जिल्ला इञ्चार्ज कमल सीले निर्देशनात्मक मन्तव्य राखेका थिए।
बिभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको बैठकले प्रतिगमन र मिटरब्याजी विरुद्ध ससक्त संघर्ष चर्काउने निर्णय समेत गरेको नेकपा सर्लाहीले जनाइएको छ ।