गुप्तचर एजेन्सी ‘रअ’को निम्तोमा थाइल्याण्ड पुगे देउवा

आइतबार, ७ बैशाख २०८२

काठमाडौँ – भारतीय गुप्तचर एजेन्सी ‘रअ’को निम्तोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्ड पुगेका छन् । स्वास्थ्य परीक्षण र पारिवारिक घुमघाम नाम दिइएको उक्त भ्रमणमा ‘रअ’ का उच्च अधिकारीसँग भेटवार्ता हुने बताइएको छ ।

केपि शर्मा ओली नेतृत्वमा सरकार बनेपछि रुष्ट भारत देउवालाई प्रधानमन्त्री बनाउन चाहिरकेको छ । यस विषयमा भारतसँग फाइनत डिल गर्न देउवा थाइल्याण्ड पुगेको देउवा निकट श्रोतको भनाई छ ।

उनीहरू आइतबार दिउँसो १ बजेर ४६ मिनेटमा थाइल्याण्ड प्रस्थान गरेका हुन् । सभापति देउवाको परिवार वैशाख १२र१३ गते मात्रै फर्किने उनको भनाइ छ ।

थाइल्याण्ड बसाइको क्रममा कुनै राजनीतिक भेटघाट नभएको पौडेलले जानकारी दिए ।पछिल्लो केही समययता गभर्नर नियुक्तिको विषयले सत्ता समीकरणमा केही तनावको स्थिति देखिन खोजेको थियो ।

तर सत्तारुढ दल कांग्रेस–एमालेले नियुक्तिसहितका विषयमा सहमति गरेको दाबी गरेका छन् । दुई दलीय असन्तुष्टिका बीच देउवाको थाइल्याण्ड भ्रमणलाई केहीले महत्त्वका साथ हेरेको बताएका छन् ।