शिक्षक आन्दोलनलाई झट्का

आइतबार, ७ बैशाख २०८२

काठमाडौं – १९ दिनदेखि जारी शिक्षक आन्दोलनलाई झट्का लागेको छ । सामुदायिक विद्यालयका पठनपाठन प्रभावित भएको भन्दै अभिभावक संघ नेपालले राष्ट्रिय मानव अधिकार आयोगमामा उजुरी गरेको छ ।

सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना प्रभावित हुँदा विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको अभिभावक संघको भनाई छ । सङ्घले शिक्षकका जायज माग तत्काल पुरा गर्न पनि आयोगमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना लगायत प्रभावित भएको भन्दै संघका पदाधिकारी आयोगमा नै पुगेर आयोगको ध्यानाकर्षण गराएका हुन् ।

जसले गर्दा विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको भन्दै अभिभावक संको ध्यानाकर्षण भएको अविभावक संघका अध्यक्ष केशव पुरीले बुझाइको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

शिक्षक खुसी भए भने मात्रै कक्षा कोठा रमाउने भन्दै शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न नहुने भन्दै विद्यार्थीको पढ्न सिक्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्रबाट सम्मान गरिनुपर्ने संघले जनाएको छ ।

विद्यार्थीको पढ्न पाउने हक, बालअधिकारको रक्षा गर्दै तत्काल आम शिक्षकका समस्याको हल गरेर सामुदायिक विद्यालय सञ्चालनमा आउन सक्ने वातावरण बनाउन र कक्षा १२ को परीक्षासमेत प्रभावित नहुने वातावरण बनाउन संघले आग्रह गरेको हो ।