रवि लामिछानेका लागि सर्वोच्च अदालतबाट आयो खुशीको खबर

मंगलबार, ९ बैशाख २०८२

काठमाडौं – रवि लामिछानेका लागि खुशीको खबर छ । पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई सर्वोच्च अदालतले सरकारसँग थुनामा राख्नुको कारण सोधेको छ । सोमबार न्यायाधीश अब्दुल अजीज मियाँको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश दिएको छ ।

यो आदेशसँगै सरकार कानुनी रूपमा रवि थुन्नाको कारण स्पष्ट पार्न बाध्य हुनेछ।

सोमबार न्यायाधीश अब्दुल अजीज मियाँको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै लामिछानेलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो। बन्दी प्रत्यक्षीकरणको रिटमार्फत पौडेलले लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै रिहाइको माग गरेकी हुन्।

सुप्रिम सहकारी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध १ अर्ब ४३ करोड बिगो माग दाबीसहित ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ।