लिङ्देनले रक्सी चोर आरोप लगाएका कांग्रेस नेताका छोरा चैत १५ मा नेपालमै नभएको खुलासा

सोमबार, १५ बैशाख २०८२

काठमाडौं – नेपाली काङ्ग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्ति भ्रमपूर्ण र कपोलकल्पित भन्दै खण्डन गरेको छ ।

लिङ्देनले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा काङ्ग्रेसका एक सहमहामन्त्रीका छोरालाई प्रहरीले पक्राउ गरेको तर गृहमन्त्रीको आदेशले छाडिएको दाबी गरेका थिए ।

काङ्ग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै त्यस दिन समातिएका भनिएका व्यक्ति नेपालमै नरहेको दाबी गर्दै आफ्ना अवाञ्छित क्रियाकलाप र लुटपाट ढाकछोप गर्न लिङ्देनले दिएको अभिव्यक्तिको घोर भर्त्सना र निन्दा गरे ।

यही बिषयलाई लिएर आइतबार राप्रपा र कांग्रेस सांसदहरुका बीच घम्साघम्सी चलेको थियो।